कास्की कारागारका कैदीबन्दी फर्किन थाले
पोखरा । कास्की कारागारका कैदीबन्दी पुनः फर्किन थालेका छन् । जेनजी आन्दोलनको क्रममा मङ्गलवार कारागार पुगेका प्रदर्शनकारीले तोडफोड गरेपछि कारागार प्रशासनले चाबी खोलिदिएसँगै भागेका कैदीबन्दी पुनः आजदेखि कारागारमा फर्किन थालेका हुन् ।

शुक्रबार दिउँसो ३ः०० बजेसम्म ४० जना कैदीबन्दी कास्की कारागारमा आएको कास्की कारागारका जेलर राजेन्द्र शर्माले बताउनुभयो । आफूहरूसँगै करिब २ सय जना प्रत्यक्ष सम्पर्कमा रहेर कारागारमा आउँदै गरेको खबर समेत गरेको उहाँले जनाउनुभयो । ३५ जना महिला, २ जना नाबालक र ७ सय ३८ जना पुरुष सहित ७ सय ७३ जना कैदीबन्दी कास्की कारागारबाट बाहिर निस्केको कारागार प्रशासनले जनाएको छ ।
मङ्गलवार साँढे सात बजे कारागारमा तोडफोड भएको थियो । त्यहाँबाट बाहिर निस्केका कैदीबन्दीलाई स्वतः स्फूर्त ढंगले कारागारमा आउन कारागार प्रशासनले आव्हान गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्