तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुराबाट भागेका ६१ कैदीहरू पक्राउ  

डडेलधुरा । डडेलधुरा कारागारबाट भागेका कैदीहरू धमाधम समातिँदै छन् । अमरगढी नगरपालिका ५ कीर्तिपुर स्थित जिल्ला कारागारबाट भागेका ८५ जना कैदीबन्दी मध्ये ६१ जना कैदीहरू पक्राउ परिसकेका छन् । 

जेएनजीको आन्दोलनपछि कारागारका कैदीहरूले तोडफोड गरि भदौ २४ गते भागेका थिए । भागेका कैदीहरू मध्ये ६१ जना कैदीहरू पक्राउ गरि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिनुभयो । 

हाल सो कारागार कार्यालयमा १०३ जना कैदी÷थुनुवा रहेको निरीक्षक विष्टले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button