तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासी कारागारमा १९ कैदी फर्किए

नवलपरासी,बर्दघाट ।  नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन् । 

कारागारका जेलर विकल श्रेष्ठका अनुसार बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताउनुभयो । “केही कैदीले फोन सम्पर्क गरेर हामी कारागार फर्किँदै छौँ भनेर जानकारी गराएका छन्”, उहाँले भन्नुभयो । 

कतिपय कैदी टाढासम्म पुगिसकेकाले सवारीसाधन नचलेर उनीहरू आउन ढिलाइ भएको जेलर श्रेष्ठले भन्नुभयो । बुधबार नवलपरासी कारागारबाट ५४३ कैदी भागेका थिए । नवलपरासी  कारागारमा कूल ५७५ कैदी थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button