तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

चितवन । जिल्लामा लगाइएको कर्फ्यु हटाइएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको छ ।

आज बिहान ६ः०० बजेदेखि कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको प्रजिअ अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकाममा रहेका बैङ्क तथा वित्तीय संस्थाहरू दिनको १ः०० बजेसम्म सञ्चालन गरिने छन् भने सरकारी कार्यालय खुला गरिएका छन् । निषेधाज्ञा कार्यान्वयन गर्दै बिस्तारै जनजीवन सहज बनाउँदै लगिने उहाँले बताउनुभयो । अहिले सडकमा सवारी आवागमन सहज हुँदै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button