तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा १ अर्ब बढी रकम फ्रिज

बागलुङ । बागलुङमा संघीय तथा प्रदेश मातहतका कार्यालय र स्थानीय तहमा विकास निर्माणका लागि विभिन्न शीर्षकमा आएको रु एक अर्बभन्दा बढी रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०८१र०८२ मा जिल्लामा संघीय र प्रदेश सरकारबाट १२ अर्ब ४७ करोड ८५ लाख ८१ हजार ३८५ उपलब्ध भएकोमा रु एक अर्ब ३३ करोड ८० लाख ४२ हजार फ्रिज भएको हो ।

बागलुङमा संघीय सरकारबाट रु १० अर्ब २८ करोड ६१ लाख २६ हजार ३८५ विनियोजित भएकोमा रु ९ अर्ब २७ करोड ९३ लाख २७ हजार ८८ खर्च भएको जिल्ला समन्वय समिति बागलुङका समन्वय अधिकारी कृष्णराज गौतमले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशबाट विनियोजन भएको रु दुई अर्ब १९ करोड २४ लाख ५५ हजार विनियोजन भएकोमा रु एक अर्ब ८६ करोड १२ लाख १२ हजार २२७ मात्र खर्च भएको गौतमले बताउनुभयो । उहाँका अनुसार संघीय सरकारबाट विनियोजित कुल बजेटमध्ये रु एक अर्ब ६७ लाख ९९ हजार २९६ र प्रदेश सरकारले विनियोजन गरेको कुल बजेटमध्ये रु ३३ करोड १२ लाख ४२ हजार ७७२ फ्रिज भएको छ । गौतमले बढी फ्रिज हुनेमा चालु खर्च अन्तरगतको बजेट रहेको बताउनुभयो । 

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले कर्मचारी र जनप्रतिनिधि जिम्मेवार नहुँदा ठूला रकम फ्रिज हुने गरेको बताउनुभयो । बजेट पार्नका लागि जनप्रतिनिधिहरू निरन्तर लागि रहने तर त्यसको कार्यान्वयनमा ध्यान नदिँदा वर्षेनी अर्ब बढी रकम फ्रिज हुने गरेको उहाँको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button