गगने खोला पहिरो पन्छाएसँगै खुल्यो कर्णाली राजमार्ग
जुम्ला । कालिकोटको गगने खोलाको पहिरो पन्छाएसँगै कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।
मङ्गलवार साझ साढे ५ बजेतिर आएको पहिरोले अवरुद्ध भएको सडक बुधबार बिहान १०:३० बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन जुम्लाले जनाएको छ ।
भदौ १४ गतेदेखि अवरुद्ध राजमार्ग भदौ १७ गते दिउँसो साढे १२ बजेतिर सञ्चालनमा आएको थियो । नेपाली सेना,प्रहरी र सडक डिभिजनको अथक प्रयासपछि चार दिनपछि सञ्चालनमा आएको सडक पाँच घण्टापछि फेरि अवरुद्ध भएको थियो ।
भीषण वर्षासँगै आएको पहिरोले गगनखोला फेरि अवरुद्ध भएको थियो । बुधबार बिहानैदेखि सडक डिभिजनको मेसिन र जनशक्ति परिचालन गरेर अवरुद्ध खुलाइएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले जानकारी दिनुभयो ।
बर्सातको समयमा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रिको समयमा यात्रा नगर्न समेत सडक डिभिजनले अनुरोध गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्