असिना पानीले दुईपालिकामा ठूलो क्षति
जनकपुरधाम । धनुषा जिल्लाको वटेश्वर गाउँपालिका तथा मिथिला नगरपालिकाको केही वडामा आज दिउँसो वर्षासंगै परेको असिना पानीका कारणले ठूलो क्षति पुर्याएको छ ।
धनुषाको वटेश्वर गाउँपालिकाको वडा नंं १ र ३ को लक्ष्मीनिवास तथा वटेश्वरमा ठूलो क्षति भएको उक्त गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतले जानकारी दिनु भयो । यसैगरी वडा नंं २ र ४ मा पनि आंशिक रुपमा क्षति पुर्याएको छ ।
उक्त पालिकामा रहेको आँप, लिची, तरकारी वालिलाई नराम्रोसंग क्षति पुर्याउनुको साथै खपडा, टाली तथा एलवेष्टरले छाएको घरमा व्यापक क्षति पुरर्याएको र बस्न योग्य नभएको अध्यक्ष राउतले जानकारी दिनु भयो ।
कोरोनाको महामारीको लकडाउनमा आम जनता घरमा बसिरहेको वेलामा आज दिउँसो परेको असीना पानीका कारणले थप विपत्ति थपिएको बताउदै पालिकाको विपत व्यवस्थापन समितिको वैठक बसेर क्षतिको तथ्यांकको संकलन गर्ने निर्णय गरेको अध्यक्ष राउतले जानकारी दिनु भयो ।
वटेश्वरका स्थानीय बाँसीले असिना कम्तिमा पनि २ सय ५० ग्राम सो भन्दा ठूला ठूला भएकको जनकारी दिनु भएको छ । गाउँपालिकाका अध्यक्ष राउतले आफ्नो जीवनमा यत्रो ठूलो ठूलो असिना परेको पहिलो पटक महशुस गरेको जानकारी दिनु भयो ।
यसैगरी असिना पानीले धनुषाको मिथिला नगरपालिकामा पनि व्यापक क्षति गरेको पूर्व राज्यमन्त्री एवं नेकपाका प्रदेश सभाका सदस्य शत्रुधन महतोले जानकारी दिनु भयो । उक्त नगरपालिकाको केही वडामा पनि असिना पानीका कारणले ठूलो क्षति भएको जानकारी महतोले गराउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्