तपाईँ सुन्दै हुनुहुन्छः

विकसित मुलुकको दिशामा अगाडि बढौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान् युवा उद्यमीहरू ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर ‘हामी सक्छौँ’ भन्ने भावका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।  

“हामी सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुँदै छौँ । त्यसपछि विकसित मुलुकमा पुग्नेछौँ । हाम्रो देश अरूले आएर बनाइदिँदैन । हामीले नै बनाउने हो । प्रविधिको प्रयोग, विकास निर्माण र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादन वृद्धिमा लाग्न सक्नेछौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी सबै लागेमा ‘वी क्यान डू’ नेपाल बन्छ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button