हुम्लाका श्रमिक न्यूनतम पारिश्रमिकभन्दा आधा ज्यालामा काम गर्न बाध्य
हुम्ला । सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकहरूको न्यूनतम पारिश्रमिक तोकेको भए पनि हुम्लाका श्रमिकहरू अझै पनि त्यसको आधाभन्दा कम पारिश्रमिकमा काम गर्न बाध्य छन्।
श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले मासिक रु १९,५५०, दैनिक रु ७५४, र प्रतिघण्टा रु १०१ न्यूनतम पारिश्रमिक तोकेको छ। तर हुम्लाका श्रमिकहरूलाई दैनिक रु २०० देखि ५०० मात्र दिइएको छ। ज्यालादारीमा कार्यरत श्रमिकले मासिक रु ६,००० देखि १८,००० सम्म मात्र पाउने गरेका छन्।
स्थानीय उपभोक्ता समितिहरूले विकास निर्माणका योजनामा कार्यरत श्रमिकलाई “घाटा लागेको” भन्दै न्यूनतम दरमै तलब वितरण गरिरहेको आरोप छ। अदानचुली गाउँपालिका–३ का नवराज कार्कीका अनुसार, अधिकांश योजनाको रकम भुक्तानी भइसके पनि श्रमिकहरूको ज्याला दिन ढिलाइ भइरहेको छ।
उहाँका अनुसार, योजनाको घाटा–नाफा जे भए पनि जसले अगाडि रकम वितरण गर्छ उसैले दर तोक्ने प्रथा कायम छ, जसले गर्दा श्रमिकहरू न्यून पारिश्रमिकमा सीमित भएका छन्।
प्रतिक्रिया राख्नुहोस्