टेलिग्राम एप तत्काल बन्द गर्न निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एप तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट कम्पनीलाई निर्देशन दिएको छ ।
नेपालमा सञ्चालनमा रहेको टेलिग्राम एप मार्फत अनलाइन ठगीको सङ्ख्या निरन्तर बढिरहेको र सम्पत्ति सुद्धिकरण (मनी लाउण्डरीङ्ग) जस्ता गम्भीर अपराधमा संलग्नताको आधारमा उक्त एप बन्द गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२।०४।०२ को पत्र बमोजिम प्राधिकरणले सो एप बन्द गर्न निर्देशन दिएको हो ।
प्राधिकरणले तत्काल नेपालबाट पहुँच पुग्न नसक्ने/बन्द गर्ने व्यवस्था गरी प्राधिकरणलाई अनिवार्य जानकारी गराउन मोबाइल तथा इन्टरनेट कम्पनीहरूलाई अनुरोध गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्