बारामा हावाुरीसँगै परेको असिना र मुसलधारे पानीले बालीनालीमा क्षति


बारा । बारामा हिजो राती असिना, हावाुरीसँगै परेको मुसलधारे पानीले बालीनालीमा क्षती पुर्याएको छ । किसानले लगाएको मकै, गहुँ तरकारी खेतीमा क्षति पुर्याएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ, कलैयालगायत ग्रामीण क्षेत्र र पर्सा जिल्लाका बिभिन्न क्षेत्रमा असिना परेको छ ।

जीतपुरसिमरा उपमहानगपालिका वडा नं.११ का गरिबहरुको खर र जस्ताको छानो भएको घर हावाहुरीले उडाएको स्थानीय रामबाबु यादबले जानकारी दिनुभयो ।

किसानहरुले बाली भित्रयाउँने महत्वपुर्ण समयमा मकै बालीका साथै लिचि, आँप लगायतमा हावाहुरी एवं असिनापानीले ठुलो क्षति पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्