तपाईँ सुन्दै हुनुहुन्छः

सेवामा सरलता, विकासमा गति : प्रधानमन्त्री ओलीको एक वर्षको समीक्षा

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा बनेको वर्तमान सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सन्देश जारी गर्दै सरकारको कामको समीक्षा गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजना र पूर्वनिर्धारित समयसीमाअनुसार काम गर्ने अभ्यास सुरु भएको बताउनुभएकाे छ । उहाँले टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने परिपाटी यसअघि नरहेको भन्दै अहिलेको सरकारबाट त्यसको सुरुवात भएको दाबी गर्नुभयाे ।

उहाँले नागरिक सेवामा सरलता ल्याउन महत्त्वपूर्ण कानुनी संशोधन गरिएको र सेवाहरू क्रमशः अनलाइनमार्फत प्रवाह गरिने प्रचलन बढ्दै गएको उल्लेख गर्नुभयाे । “अब सेवा लिन लाइन बस्नुपर्ने होइन, अनलाइनबाट काम हुने प्रणालीतर्फ सरकार केन्द्रित छ,” प्रधानमन्त्री ओलीले भन्नुभयाे ।

साथै उहाँले मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएको भन्दै अझै गर्नुपर्ने काम धेरै भएको स्वीकार गर्नुभएकाे । “सरकारको ध्यान अब गर्नैपर्ने काममा केन्द्रित छ,” प्रधानमन्त्रीको भनाइ छ ।

उहाँले भन्नुभएकाे छ- हामी सरकारमा आएको एक वर्ष पुग्दै छ। यस बीचमा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ। टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ। नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्त्वपूर्ण कानुनहरु संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ। गर्नु पर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button