मधेश प्रदेशको आगामी आवको बजेटका विषयमा छानविन गर्न नयाँ कार्यदल गठन
जनकपुरधाम । मधेश प्रदेशसभामा विपक्षीहरूले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा विचौलियाको प्रवेशका विषयमा छानबिन गर्न गठन भएको संसदीय छानविन समितिबाट मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले राजीनामा दिनुभएपछि नयाँ कार्यदल गठन गरेको छ ।
मधेश प्रदेका सभामुख रामचन्द्र मण्डलको अगुवाईमा आज प्रदेशसभा सचिवालयमा बसेको बैठकबाट उपसभामुख बबिता कुमारी राउत ईशरको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन भएको हो ।
कार्यदलको सदस्यहरु प्रदेशसभा सदस्य मो.समीर, शारदा देवी थापा, चन्दन कुमार सिंह, शम्भु कुमार साह, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रामअशिष यादव, कनिष पटेल, जवाहरलाल कुशवाहा, विमला अन्सारी तरन्नम, कञ्चन विच्छा, उर्मिला देवी सिंह रहनुभएको छ ।
कार्यदललाई दुई दिन भित्रमा योजनाहरूको छानविन गरेर सोमवारको बैठकमा प्रतिवेदन पेश गर्नका समय सीमा तोकिएको छ ।
प्रतिक्रिया राख्नुहोस्