बाँकेमा ४ सय ८३ को नमुना परिक्षण, सबै नेगेटिभ
नेपालगन्ज । बाँकेमा ४ सय ८३ जनाको नमुना परिक्षण गर्दा सबैमा कोरोना नेगेटिभ देखिएको छ ।
“पिसिआर” विधिबाट ७८ र “र्यापिड डायग्नोष्टिक टेष्ट” किटबाट परीक्षण गर्दा ४ सय ५ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
“पिसिआर” विधिबाट परीक्षण गर्न भैरहवा पठाइएका १४ वटा नमुनाको रिपोर्ट आउन भने बाँकी छ । जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा १४ दिन पूरा भएपछि र्यापिड किटबाट परिक्षण गरिरहेको कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अरु सात दिन घरमै क्वारेन्टाइनमा बस्ने गरी घर फिर्ता पठाउने गरिएको छ । अब बाँकेमा क्वारेन्टाइनमा ३ सय ५६ जना छन् ।
नेपालगन्जमा २ सय ६, कोहलपुरमा ७४, खजुरामा ८, डुडुवामा १४, नरैनापुरमा २ र नेपाली सेनाको क्वारेन्टाइनमा ५२ जना छन् ।








प्रतिक्रिया राख्नुहोस्