तपाईँ सुन्दै हुनुहुन्छः

एन्फा यु–१६ युथ लिग :  मच्छिन्द्रको विजयी सुरुआत

काठमाडौँ । मच्छिन्द्र क्लबले एन्फा यु–१६ युथ लिगमा विजयी सुरुआत गरेको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मच्छिन्द्रले विभागीय टोली नेपाल एपिएफविरुद्ध ४–१ को जित निकाल्यो । मच्छिन्द्रलाई जित दिलाउन विकास थापा र सुमन बम ठकुरीले समान दुई गोल गरे । एपिएफका लागि पुजन ढकालले गोल फर्काए ।

अर्को खेलमा सङ्कटा क्लबले लिगको आफ्नो पहिलो खेलमा जावलाखेल युथ क्लबविरुद्ध ५–० को सानदार जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सङ्कटालाई जित दिलाउन पेम्बा लामाले दुई तथा करण बहुल, सुमित बलम्पाकी र प्रजलकुमार लुम्रेले समान एक गोल गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button