तपाईँ सुन्दै हुनुहुन्छः

स्याउलेमा पहिरो: वडा कार्यालय, स्वास्थ्य चौकी र स्थानीयका घरहरू जोखिममा

सिन्धुपाल्चोक । गएरातिको अविरल बर्षाले  चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेमा गएको पहिरोले वडा कार्यालय, स्वास्थ्य चौकी र एक स्थानीयवासीको घर उच्च जोखिममा पारेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका  अनुसार रातभर परेको भारी वर्षाले स्याउले क्षेत्रमा पहिरो जाँदा वडा नं। १ को कार्यालय, नजिकैको स्वास्थ्य चौकी र एक घर प्रत्यक्ष जोखिममा परेका छन्। केही घरहरूको झ्याल, फलाम र जस्ताले बनेको छाप्रोमा क्षति पुगेको जनाइएको छ । प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ।

यस्तै, सोही वडामा बस्ने केशवलाल श्रेष्ठको इट्टा र सिमेन्टले बनेको तीन तले पक्की घरको एक झ्याल र अगाडिको छाप्रोमा समेत क्षति पुगेको छ। श्रेष्ठको घर समेत पहिरोको जोखिममा रहेको भन्दै प्रहरी र स्थानीय निकायले उनलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।

सुरक्षाको दृष्टिकोणले स्थानीय प्रशासनले सम्भावित जोखिम क्षेत्रका नागरिकहरूलाई सजग रहन र सुरक्षित  स्थानमा स्थानान्तरण हुन आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button