कोभिड–१९ : बाँकेमा दुई सय ७९ मा कोरोना रिपोर्ट नेगेटिभ

नेपालगन्ज । बाँकेमा पिसिआर र आरडिटी विधिबाट अहिलेसम्म परिक्षण गरिएका सबै दुई सय ७९ जनामा कोरोना नेगेटिभ देखिएको छ ।
स्वाब संकलन गरेर पिसिआर विधिबाट परिक्षण गरिएका ७६ जना र क्वारेन्टाइनमा बसेर १४ दिन पूरा गरेका दुई सय तीन जनामा आरडिटी किटबाट कोरोमा परिक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
बाँकेमा क्वारेन्टाइनमा बसेकाहरुको नमुना परिक्षणलाई तिव्रता दिइएको छ । अब क्वारेन्टाइनमा तीन सय ४ जना छन् ।
त्यस्तै जिल्लाका बिभिन्न तीन अस्पतालको आइसोलेसनमा रहेका थप १५ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि भैरहवा पठाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्