तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौँ । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले बैठकमा अल्पविकसित मुलुकहरूका विकास चुनौती, वित्तीय सहायता, ऋण व्यवस्थापन, र दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको विषयमा जोड दिनुभयो। उहाँले विश्व समुदायलाई न्यायपूर्ण र समावेशी वित्तीय प्रणाली निर्माणमा सहकार्य गर्न आग्रह गर्नुभएको छ।

 बैठकमा सहभागी देशहरूले दिगो विकासका लागि सहयोग र साझा प्रतिबद्धताको महत्त्व औँल्याएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button