तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्चले डा मुकुलको रिटमा दुवै पक्षलाई असार १७ गते बोलायो

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनमा परेका डा मुकुल ढकालको रिटमा अन्तरिक आदेशका लागि छलफल गर्न दुवै पक्षलाई यही असार १७ गते बोलाएको छ । 

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले अदालतका न्यायाधीश कुमार रेग्मीको आजको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको जानकारी दिनुभयो । 

डा ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री कायम राख्नुपर्ने र निर्वाचन आयोगको अभिलेख पनि कायम गर्नुपर्ने मागसहित बुधवार रिट दायर गर्नुभएको थियो ।

इजलासले निर्वाचन आयोगको अभिलेखबारे समेत विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको प्रवक्ता कुइँकेलले जानकारी दिनुभयो । 

सर्वोच्चले डा ढकालको मागअनुसार अन्तरिक आदेश जारी नगर्नुपर्ने कारण १५ दिनभित्र पेश गर्न पनि विपक्षीलाई भनेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button