मधेशमा लामो समयपछि वर्षा भएपछि किसानहरूलाई ठूलो राहत
जनकपुरधाम । आज बिहान मधेश प्रदेशका जिल्लाहरूमा लामो समयपछि वर्षा भएपछि किसानहरूलाई ठूलो राहत मिलेको छ ।
किसानहरुले खेतमा छर्केका धानको बीउ चर्को गर्मी तथा घामका कारणले सुक्न थालेको वेलामा आज बिहान भएको वर्षाले धानको बीउको रक्षा भएको महोत्तरीको पिपरा गाउँपालिकाको कनौली निवासी अगुवा किसान बब्लु चौधरीले जानकारी दिनु भएको छ ।
यस पटक असारको दोस्रो साता शुरु भएपनि वर्षा नभएपछि किसानहरु चिन्तित बनेको छ । समयमा वर्षा तथा रासायनिक मल पनि प्राप्त नभएका कारणले धानको उत्पादनमा असर पर्ने विषयमा अहिले देखि नै किसानहरु चिन्तित बनेका छन् ।
प्रतिक्रिया राख्नुहोस्