तपाईँ सुन्दै हुनुहुन्छः

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि दफावार छलफल सम्पन्न

काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले  केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथि दफावार छलफल सकेको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको दफावार छलफलमा विवादित भू तथा जलाधार संरक्षण ऐन र श्रम ऐनका सम्बन्धमा टुङ्ग्याउन बाँकी विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल  गरेको हो ।

छलफलमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले विश्वका जुनसुकै मुलुकमा काम गर्ने नेपाली श्रमिकले सामाजिक सुरक्षामा आवद्ध हुन पाउने गरी मुल ऐनमा संशोधन गर्न खोजेको बताउनुभयो । 

त्यसैगरी वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा भू तथा जलाधार संरक्षण ऐनको संशोधन प्रस्तावका सम्बन्धमा स्पष्ट पार्नुभयो । 

समितिका सभापति तुलसाकुमारी दाहालले केही प्राविधिक विषयलाई मिलाएर अर्को बैठकले विधेयक पारित गर्ने जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button