तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका किसानलाई गहुँबाली भित्र्याउन चटारो

सल्यान । धान पछि मुख्य अन्नबाली हो गहुँ । सल्यानका किसान यतिबेला खेतबारीमा पहेलपुर भएर पाकेको गहुँ भित्र्याउने चटारोमा छन् ।

एकातिर विश्वभर फैलिएको कोरोना भाइरसको सन्त्रासको सास्ती अर्को तिर वर्षदिन खाने अन्न भित्र्याउनु पर्ने चटारो । कोरोना भाइरसलाई केही समय बिस्रिएर सल्यानका किसान यतिबेला गहुँ भित्रयाउन रातदिन लागि परेका छन् ।

समयमै पाकेको गहुँ नकाटिए पछि के खाने भन्ने चिन्ताले आफु हिजो आज गहुँ काट्नमै व्यस्त हुने गरेको कुमाख गाउँपालिका ३ का किसान गुमान हिंस रावतले बताए । उनले भने गरिब मान्छे पाकेको बाली समयमै नभित्र्याए पछि के खाने , कोरोनाको डरले भित्रै बसी राखेर भएर भोक लाग्छ खाने प¥यो । खानलाई बाली भित्र्याउनै पर्यो ।

कोरोनाको डर भन्दा मौषममा आउने परिवर्तनले बढी सताउने गरेको अर्का किसान हुतिराम केसीले बताए । घरका सबै परिवार लागेर बिहान दिउसो गहुँ काट्नमै व्यस्त हुने गरेको उनको भनाई छ । उनले भने आकासको भरछैन कति बेला असिना पर्छ पाकेको गहुँ झारिदिन्छ भन्ने चिन्ता छ हामीलाई कोरोना भन्दा पाकेको गहुँ कसरी भित्र्याउने बढी चिन्ता छ ।

कोरोनाको सम्भावित जोखिम हुन नदिन सरकारले देशैभरी लकडाउन गरेपनि वर्षभरीको उत्पादन गरेको गहुँ बाली भित्र्याउन किसानहरुलाई यतिबेला भ्याई नभ्याई भइरहेको छ । अहिले यहाँका किसान दिनहुँ खेत बारीमा व्यस्त देखिन थालेका छन् ।

कोरोना भाइरसबाट बच्न घर परिवारका सदस्यहरु मात्र मिलेर गहुँ भित्र्याउने गरेको अर्का किसान विरेन्द्र केसीले बताए । पाकेको गहुँ बाली समयमै भित्र्याउन पाए आनन्दसँग बस्ने उनले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button