सातै प्रदेशमा पर्यटन बोर्ड स्थापना गर्ने सरकारको तयारी छ: मन्त्री पाण्डे
कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लगानीका लागि रातो कार्पेट ओछ्याएर निजी क्षेत्रको स्वागत गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले नीजि क्षेत्रले कर छली गर्न नसक्ने गरी कानुन बनाउनु पर्ने, श्रम शोषण गर्न नसक्ने र उपभोक्तालाई बढी मूल्य लिन नपाइने गरी सरकारले व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

बिहीबार पर्यटन व्यवसायी महिला संघ नेपालको सातौं साधारण सभा तथा चौथो साधारणसभा पाण्डेले होटलको मापदण्ड बनाउने देखि लिएर पर्यटन ऐन, नागरिक उड्डयन ऐन बनाउन सरकार लागि परेको बताउनुभयो । सातै प्रदेशमा पर्यटन बोर्ड स्थापनाका लागि सरकार लागि परेको बताउनुहुँदै मन्त्री पाण्डेले पर्यटनको सफलतामा सबैको सफलता जोडिएको बताउनुभयो ।
कार्यक्रममा ‘स्व हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ बाट गण्डकीका पर्यटनकर्मी हरिध्वज तुलाचन र युवा पर्यटनकर्मी उर्मिला गुरुङ पुरस्कृत हुनुभएको छ । उहाँहरूलाई मन्त्री पाण्डे, टेवानकी अध्यक्ष कमला गिरी लगायतले नगद १५ हजार ५ सय ५ रुपैयाँ सहित सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गर्नुभएको हो ।
त्यसैगरी, नेपालको पहिलो पर्यटन गाउँ सिरुबारी (स्याङ्जा) मा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी ३६ वर्षीया उर्मिला गुरुङ उदाहरणीय युवामा सम्मानित हुनुभयो ।







प्रतिक्रिया राख्नुहोस्