गौरीफन्टा र दुबईबाट आएका सबैको रिपोर्ट नेगेटिभ

घोराही । कैलालीको गौरीफन्टा नाका भएर आएका दाङ र प्यूठानका ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । दाङको बेलझुण्डीमा रहेका ११ जनासहित २० जना रिपोर्ट नेगेटिभ आएको हो ।
राजधानीको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परिक्षणले २० जनाको परिक्षण मार्फत् नेगेटिभ रिपोर्ट आएको हो ।
बेलझुण्डीमा राखिएका २० जनामध्ये ११ जना गौरीफन्टा नाका भएर आएका थिए भने छजना दुबईबाट आएका थिए ।
यस्तै एक जना रुपैडिहा नाका, एक जना राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका कार्यालय सहयोगी भर्ना भएका थिए । त्यसैगरी थप एक जना स्थानीय पनि भर्ना भएका थिए ।
दाङ र प्यूठानका गरी आइसोलेसन कक्षमा भर्ना भएका २० जनाको मंगलबार स्वाब परिक्षण संकलन गरेर काठमाडौँ पठाइएको थियो ।
२० जनाको नमुनामध्ये ८ जनाको रिपोर्ट बिहीबार (हिजो) आएको थियो । बाँकी १२ जनाको आज आएको हो ।








प्रतिक्रिया राख्नुहोस्