तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ पुनः नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमख कार्यकारी अधिकृतमा किरण कुमार श्रेष्ठ पुनः नियुक्त हुनु भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिको यही चैत्र २७ गते बसेको बैठकले चैत्र २८ गते आजदेखि लागू हुने गरी किरणकुमार श्रेष्ठलाई अर्को एक कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियक्ति गरेको हो ।

यस अघि श्रेष्ठ, २०७२ चैत्र २९ गते खुला प्रतिस्पर्धाबाट चार वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियक्त हुनु भएको थियो ।

बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त हुनु भएका श्रेष्ठलाई बैंक व्यवस्थापन तथा कर्मचारीहरुबाट शुक्रबार बधाई तथा शुभकामना ज्ञापन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button