तपाईँ सुन्दै हुनुहुन्छः

यार्चाको मौसम: जनप्रिय आधारभूत विद्यालयमा भने नियमित पठनपाठन

डोल्पा । यार्चा सङ्कलनको मौसमका कारण डोल्पाका अधिकांश शैक्षिक संस्थाहरू एक महिनाका लागि बन्द रहेका बेला त्रिपुरासुन्दरी नगरपालिका–९ स्थित चु गाउँको जनप्रिय आधारभूत विद्यालयमा भने नियमित पठनपाठन सञ्चालन भइरहेको छ।

विद्यालयका प्रधानाध्यापक देव बुढाका अनुसार, यार्चा सङ्कलनले गर्दा जिल्लाभरका विद्यालय बन्द भए पनि जनप्रिय विद्यालयमा सबै विद्यार्थीको उपस्थिति रहने गरी दैनिक कक्षा सञ्चालन भइरहेको छ। विद्यालय सञ्चालनका लागि आवश्यक फर्निचर र डिजिटल हाजिरी व्यवस्थापन समेत शिक्षकहरूको व्यक्तिगत लगानीमा गरिएको छ।

जेठ ५ गतेदेखि डोल्पामा यार्चा पाटन खोल्ने निर्णयपछि जिल्लाका धेरैजसो विद्यालय बन्द भएका छन्। तर त्रिपुरासुन्दरी नगरपालिका भित्रका जनप्रिय आधारभूत विद्यालय चुँ, काटिया चौर मावि र करेलीकाँडा गाउँको विद्यालयमा भने नियमित कक्षा सञ्चालनमा छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button