तपाईँ सुन्दै हुनुहुन्छः

समिट एयरलाइन्सले साँफेबगर उडान पुनः सुरु गर्यो

अछाम। करिब ६ महिनापछि समिट एयरलाइन्सले अछामको साँफेबगर विमानस्थलमा नियमित उडान पुनः सुरु गरेको छ। दशैंयता अछाम र बझाङमा उडान स्थगन गरेको समिट एयरले जेठ १९ गतेदेखि सेवा पुनः सञ्चालनमा ल्याएको हो।

पहिलो दिन सोमबार धनगढीबाट १२ जना यात्रु ल्याएर साँफेबगर आएको विमानले सात जना यात्रुसहित नेपालगञ्ज प्रस्थान गरेको समिट एयरका अछाम प्रतिनिधि टंक कुँवरले बताउनु भयो ।

उनका अनुसार अब हप्तामा दुई दिन उडान हुनेछ। सोमबार धनगढी–साँफेबगर–नेपालगञ्ज र बिहीबार धनगढी–साँफेबगर–धनगढी उडान हुने तालिका तय गरिएको छ।

धनगढी–साँफेबगर उडानको भाडा ४,२३६ रूपैयाँ र साँफेबगर–नेपालगञ्जको भाडा ५,६०० रूपैयाँ कायम गरिएको छ। यात्रुले समिट एयरलाइन्सको वेबसाइटमार्फत टिकट काट्न सक्ने व्यवस्था गरिएको एयरलाइन्सले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button