राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले स्कटल्यान्डमा आयोजना हुने आइसिसी विश्वकप क्रिकेट लिग-२ का लागि कन्सल्टेन्ट प्रशिक्षकका रूपमा दक्षिण अफ्रिकी प्रशिक्षक निक पोथासलाई नियुक्त गरेको छ ।
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथासलाई नियुक्त गरिएको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । यसअघि उहाँसँग श्रीलङ्का, वेस्ट इन्डिज र बङ्गलादेशका राष्ट्रिय टोलीसँग आबद्ध रहेको अनुभव छ ।
नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोली आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको तयारीमा छ । यही जेठ १९ देखि २९ गतेसम्म स्कटल्यान्डमा हुने उक्त शृङ्खलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । पोथसको सहयोगमा नेपाली टोलीले प्रदर्शनमा सुधारसहित उत्कृष्ट खेल्ने अपेक्षा गरिएको क्यानका जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्