तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा पिएम कप भलिबल प्रतियोगिता बिहीबारदेखि

कास्की । नवौं संस्करणको पिएम कप महिला तथा पुरुष भलिबल प्रतियोगिता पोखरामा हुने भएको छ । जेठ ८ देखि १५ गतेसम्म पोखरा रंगशालाको कभर्डहलमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा पुरुष तर्फ ८ र महिला तर्फ ६ टिमले भाग लिने आयोजक नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, र मणिमुकुन्द क्लब बुटवल सहभागी हुनेछन् ।

यस्तै, महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डायमन्ड युथ स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब बुटवल र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २५ हजार पुरस्कार प्राप्त गर्ने उहाँले बताउनु भयो ।

प्रतियोगिता सम्पन्न गर्न करिब ९० लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ । यो प्रतियोगिता राजधानी बाहिर पहिलो पटक हुन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button