तिनै तहका सरकारबिच समन्वय र सहकार्यलाई केन्द्रमा राखी बजेट निर्माण गर्नुपर्ने
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले मुलुकको सन्तुलित विकासका लागि संघ,प्रदेश र स्थानीय तहका सरकारहरूबिच समन्वय र सहकार्यलाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय सभामा जारी सरकारको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सांसदहरुले विकास निर्माणका कामलाई तीव्रता दिई आर्थिक समृद्धि हासिल गर्न तीनै तहका सरकारहरूको अधिकार र दायित्वलाई थप स्पष्ट पार्न आवश्यक रहेको बताउनुभयो ।
सांसदहरुले विकास निर्माणका कामलाई एकद्वार प्रणालीमा अघि बढाउनुपर्ने, निजी क्षेत्र र नागरिक समाजको भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै सांसदहरुले आगामी आर्थिक वर्षको बजेटले बैंककोे ब्याजदरमा एकरुपता कायम गर्नुपर्ने, तुलनात्मक लाभको क्षेत्र पहिचान गरेर मात्र पूर्वाधार निर्माणका योजनाहरूमा लगानी गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय सभामा विनियोजन विधेयकका २०८२/८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सांसदहरुले बोल्ने क्रम जारी छ ।
प्रतिक्रिया राख्नुहोस्