रेसुङ्गा विमानस्थलबाट सातामा तिन पटक उडान हुने
गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक ३ उडान हुने भएको छ । रेसुङ्गा विमानस्थलबाट साप्ताहिक १ पटक उडान गर्दै आएकोमा जहाज मर्मत भएर आएकाले यात्रुको चापलाई मध्यनजर गर्दै उडान थप गरिएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो ।

विमानस्थलबाट बिहीबार मात्रै उडान हुँदै आएको छ । अब साप्ताहिक रुपमा आइतबार, मङ्गलवार र बिहीबार थप गरेर हप्ताको ३ पटक उडान गरिने भएको हो । विमानस्थलमा नेपाल एअरलाइन्सको टुइनेटर जहाजले उडान गर्दै आएको छ । गुल्मीबाट हवाई सेवा लिनेहरूमा वृद्ध, बिरामी, सुत्केरी, लगायतका नागरिकले सेवा लिएका छन् ।
अहिले गुल्मीबाट काठमाडौँका लागि ७ हजार ८० र काठमाडौँबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ । रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ बजेर १० मिनेट र काठमाडौँका लागि बिहान ७ बजेर १५ मिनेटमा उडान हुने गरेको थापाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्