तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशमा मंगलबार सार्वजनिक बिदा

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकारले सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित बिदामा थप गरेको हो ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनाअनुसार यही वैशाख २३ गते मंगलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

नोटः उल्लिखित समाचारमा मधेश प्रदेश सरकारले भोलि वैशाख २३ गते मङ्गलबार सार्वजनिक बिदा दिएको हुनुपर्नेमा असावधानिवस अन्यथा हुनगएकाले सच्याइएको छ । सम्पादक

प्रतिक्रिया राख्नुहोस्

Back to top button