तपाईँ सुन्दै हुनुहुन्छः

अब सामाजिक न्याय र समृद्धिको पक्षमा मिलेर काम गरौँ: अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री   पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को एकता महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले समाजवादका निम्ति सामाजिक न्याय र समृद्धिको पक्षमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो । 

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो,“मुलुकको आर्थिक विकासका लागि गैरआवासीय नेपालीहरूको भूमिका अतुलनीय छ, अबका दिनमा पनि नेपालको आर्थिक विकासमा तपाईँहरूको भूमिका थप महत्वपूर्ण हुने अपेक्षा गरेको छु ।”

उहाँले आफ्नै नेतृत्वको सरकारले एनआरएनएलाई नागरिकता प्रदान गरेको उल्लेख गर्दै थप हितका निम्ति आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले गैरआवासीय नेपालीको ज्ञान सीप नेपालको हितमा प्रयोग गर्न आग्रह गर्नुभयो । “एनआरएनसँग निकै ठूलो सञ्जाल, पर्याप्त अनुभव र स्रोतसाधन पनि छ । त्यो नेपालको आर्थिक विकासका निम्ति निकै ठूलो सहयोग पुग्छ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button