राप्ती नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु
बाँके । राप्तिसोनारी गाउँपालिका–३, बैंसा निवासी १३ वर्षीय बालक सफर नेपालीको राप्ती नदीमा डुबेर मृत्यु भएको छ। शुक्रबार बिहान करिब ११:४५ बजे पौडी खेल्ने क्रममा उनी नदीमा डुबेका थिए।

घटनापछि स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय बैजापुरको टोलीले खोजी कार्य सुरु गरेको थियो। करिब १:१० बजे नेपालीको शव नदीबाट निकालिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बैजापुरले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
प्रतिक्रिया राख्नुहोस्