तपाईँ सुन्दै हुनुहुन्छः

राउटे मुखिया सूर्यनारायणकाे मृत्यु

 दैलेख । कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । 

शाहीको हिजो राति ९ बजे ४९ वर्षको उमेरमा मृत्यु भएको हो । शाहीको राउटे परम्परा अनुसार आज दाहसंस्कार गरिएको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले बताउनुभयो । मुखिया शाहीका श्रीमती लक्ष्मी शाही, छोरा बन्दबिर शाही र छोरीहरू पेलेन शाही, जापानी शाही र महेन्द्रा शाही रहेका छन् । 

१ सय ३६ जनाको सङ्ख्यामा रहेको यो समुदायमा मुखियाको मृत्यु भएसँगै पुरुष ६० र महिला ७५ जना गरी १ सय ३५ मा झरेको छ । फिरन्ते जीवनयापन गर्दै आएका उनीहरू हाल २ ठाउँमा बस्दै आएका छन् ।

यो समुदाय आजभोली दुई समूहमा विभाजन भएको छ । एक समूह वीरेन्द्रनगर नगरपालिका १३ को करेखोला जङ्गलमा बसोबास गरिरहेको छ भने अर्को समूह बराहाताल गाउँपालिका ८ सोतखोलाको जङ्गलमा बसोबास गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button