तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग

काठमाडौँ।  प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) की सांसद विनिता कठायतले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गर्नुभएको छ ।

सांसद कठायतले कम्तीमा कुल पुँजीगत बजेटको १५ प्रतिशत कर्णालीका सडक, यातायात, शिक्षा, स्वास्थ्य तथा रोजगारमा विनियोजन गरिनुपर्ने बताउनुभयो । बैठकको विशेष समयमा उहाँले भन्नुभयो, “कर्णालीलाई बजेट र स्रोतविहीन पार्ने काम भएको छ । राज्यका निकायमा कर्णालीका नागरिकको नियुक्ति खोइ ? कर्णालीमैत्री नीति तथा कानुन निर्माण आवश्यक छ ।” 

सांसद महेन्द्र राय यादवले शिक्षकहरूका मागप्रति सरकार गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनले विद्यार्थीको पढाइ प्रभावित बनेको छ । वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्छ ।” कवाडी व्यवसायमा संलग्नको रोजगारी र शान्ति सुरक्षाको ‘ग्यारेन्टी’ हुनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button