तपाईँ सुन्दै हुनुहुन्छः

बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने 

काठमाडौँ । विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको २५६९औँ जन्मजयन्तीका अवसर पारेर बौद्धमा विविध कार्यक्रम गरी मनाइने भएको छ ।

बौद्धनाथ क्षेत्र विकास समिति तथा अन्य बौद्ध सङ्घसंस्थाको समन्वयमा बौद्ध महास्तूपको अस्तुसहित विश्व शान्ति यात्रा आरम्भ गरी सर्वसाधारणलाई यही वैशाख २९ गते दर्शनको व्यवस्था गरिनेछ । बुद्धको अन्त्येष्टिका क्रममा सङ्कलन गरिएको वस्तुलाई अस्तु धातु भनिन्छ । 

स्थानीय परम्परागत रुपमा प्रचलित जात्रा तथा पर्व व्यवस्थापन गरिने संस्कार तथा परम्पराअनुरुप पौराणिक बुद्ध मूर्तिको ¥यालीसहित बुद्धको ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर फैलाइने समितिले जनाएको छ । बुद्ध जयन्तीको दिन बौद्धमा आउने दर्शनार्थीलाई चैत्य दर्शन तथा पूजाको व्यवस्था तथा प्रसाद वितरण गरिनेछ ।

बौद्ध तामाङ कल्याण गुठीलगायत विभिन्न सङ्घसंस्थालाई समेटिएर पवित्र धार्मिक क्षेत्र बौद्धनाथबाट एकसाथ शान्तिको सन्देश दिन खोजिएको धर्म गुरु भूपतिबज्र लामाले बताउनुभयो । प्राचीन समयदेखि पूजापाठ तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि गुठीले पाएको अधिकारको प्रयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो । 

‘मेरो जन्म अरूका लागि’ मूल नारासहित विश्व शान्ति तथा मानव कल्याण यात्रा विश्वभरि मनाउन उहाँले आह्वान गर्नुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button