१६ हजार पशुलाई खोरेत रोग विरुद्ध खोप
सुनसरी । सुनसरीको गढी गाउँपालिकाका १६ हजार पशुलाई खोरेत रोग विरुद्ध खोप लगाएको छ ।
गाउँपालिका पशु शाखा प्रमुख ब्रहमदेव यादवका अनुसार गाई, भैँसीहरूमा लाग्ने खोरेत रोग विरुद्ध खोप दुई चरणमा गरेर १६ हजार पशुलाई खोप लगाएको हो ।
पहिलो चरणमा हाट हजार सोमबार दोस्रो चरणमा आठ हजार गरि १६ हजार पशुमा गढी गाउँपालिकाभरि खोरेत रोग विरुद्ध खोप लगाएको छ । गढी ५ का वडा अध्यक्ष चन्द्रकुमार सरदारका अनुसार सबै भन्दा बढी गाईभैँसी पालन हुने गढी ५ नम्बर वडा भएकाले १२ वटा खोप केन्द्रमार्फत खोरेत रोग विरुद्ध खोप लगाएको हो ।
पशु शाखा प्रमुख यादवका अनुसार भेटेरीनरी अस्पताल नथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको सहयोग र गढी गाउँपालिका पशुसेवा शाखाको आयोजनामा गाई, भैँसीहरूको महामारी खोरेतो रोगबाट बचाउनको खोप लगाएको छ ।
खोरेतो रोग बेरुद्ध दोस्रो चरणको नि–शुल्क खोप कार्यक्रम सञ्चालन गरी किसानलाई राहत गरेको स्थानीय किसान लवकुमार यादवले बताउनुभयो । यादवले सम्पूर्ण पशुपालक कृषक वर्गहरूमा नि आ–आफ्नो गाई, भैँसीहरू खोप केन्द्रमा ल्याई खोप लगाउन हुन जानकारी गराइएकोमा उत्सहाजन रूपमा खोप कार्यक्रम सम्पन्न भएको छ ।
एउटै वडामा १२ वटा खोप केन्द्र राखेर सघन रुपमा खोप लगाएको वडा अध्यक्ष चन्द्र कुमार सरदारले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्