तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा आगलागी

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा आज बिहानदेखि लागेको आगलागी नियन्त्रणमा आएको छ । सशस्त्र प्रहरीको टोली, दमकल तथा अस्पतालका कर्मचारीहरुको सहायतमा आगलागी नियन्त्रणमा आएको हो ।

आगलागी नियन्त्रणका लागि दमकल परिचालन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर निराजन सुबेदीले जानकारी दिनु भयो । आगलागी कहाँबाट फैलिएको हो भन्ने बारेमा थाहा हुन सकेको छैन । तर, स्टोर कक्ष र फार्मेसी तिरबाट आगोको मुस्लो निस्किएको देखिएकाले त्यसतर्फबाट आगलागी भएको हुन सक्ने आशङ्का गरिएको छ ।

आगलागीबाट फार्मेसीमा रहेको औषधी जलेका छन् भने आगलागिका कारण भौतिक र मानवीय क्षति भने भएको छैन । आगलागीको कारण र क्षतिबारे अध्ययन भइरहेको डा. सुवेदीले बताउनुभयो । रिएजेन्ट, औषधी लगायतका सामानहरु जलेर नस्ट भएको उहाँले बताउनुभयो । फ्रिजमा विद्युत् सर्ट भएका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button