तपाईँ सुन्दै हुनुहुन्छः

दुहबीमा महिलाहरूमा हुने क्यान्सर रोगको प्रजनन स्वास्थ्य स्क्रिनिङ शिविर सुरु

सुनसरी । सुनसरिको दुहबी नगरपालिकाको नगर क्षेत्रमा महिलाहरूमा हुने क्यान्सर रोगको एकिकृत स्क्रिनिङ स्वास्थ्य शिविर सुरु भएको छ ।  

सुनसरीको दुहबी नगरपालिका स्वास्थ्य शाखाको आयोजना र ऋऋक्ए करुणा फाउन्डेसन नेपालको सहयोगमा दुहबी नगर क्षेत्रमा विभिन्न वडागत आधारभूत स्वास्थ्य केन्द्रमा आज बुधबार देखि  एकिकृत प्रजनन स्वास्थ्य स्क्रिनिङ शिविर सुरु भएको हो ।  

उक्त स्क्रिनिङ शिविर दुहबी–४ आधारभूत स्वास्थ्य केन्द्रबाट थालनी गरिएको दुहबी नगरपालिका स्वास्थ्य शाखाका नर्सिङ फोकल पर्सन पिंकी भगतले जानकारी दिनुभयो  ।  

महिलामा हुने गरेको आङ खस्ने, स्तन क्यान्सर, पाठेघर मुखको क्यान्सर, अबस्ट्रेटिक फिस्टुला,  बाँझोपन लगायत समस्याको पहिचान, उपचार र निवारण गर्ने उद्देश्यले दुहबी नगरपालिकाले उक्त  शिविर सञ्चालनमा ल्याएको दुहबी नगर उप प्रमुख मेनुका पोखरेल खतिवडाले बताउनुभयो । 

पाठेघर मुखको क्यान्सर सुरुवाती चरणमै उपचार पाउँदा सत प्रतिशत निको हुने बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सूर्य प्रसाद रिमालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button