विश्वको अग्लो मानव बस्तीमा पहिलोपटक जिप पुग्यो

डोल्पा । माथिल्लो डोल्पामा पहिलो पटक जिप पुगेका छन् । डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने छार्का ताङसोङ गाउँपालिकामा पहिलो पटक दुईवटा जिप पुगेका हुन । गण्डकी करिडोर हुँदै मुस्ताङबाट विश्वकै अग्लो स्थानमा रहेको छार्का ताङसोङ गाउँपालिकाको छार्काभोटमा बोलेरो जिप पुगेका छन् । समुन्द्र सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा रहेको विश्वकै अग्लो मानव वस्ति रहेको छार्काभोटमा गण्डकी करिडोर हुँदै दुईवटा जिप सोमवार डोल्पा पुगे ।
डोल्पा र मुस्ताङ दुई जिल्ला जोड्ने पक्की पुल निर्माण भएर सञ्चालनमा आएसँगै बोलेरो जिप छार्काभोट पुगेका हुन । मुस्ताङदेखि डोल्पा पुगेका जिपलाई ठाउँ ठाउँमा डोजरले तानेर ल्याएको शे–फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले बताउनुभयो । उपाध्यक्ष गुरुङले भन्नुभयो जसरी पनि चालकले दुईवटा वोलेरो जिप छार्काभोट पुर्याएर खुसि लागेको छ अब भोट क्षेत्रका नागरिकले सहजै पोखरा काठमाडौँ जान पाउनेछन् । मुस्ताङबाट जिप डोल्पा पुगेपछि भने भोटवासी उत्साहित देखिएका छन् तर सड्क भने सधैँ चल्ने र भरपर्दो छैन ।
चीनको मरिम्लादेखी भारतको जमुनाहा नाका त्रिदेशीय सड्क भेरीकरिडोरमा निर्माणको काम भने अझै सम्पन्न हुन नसक्दा माथिल्लो डोल्पाका तिन स्थानीय तहका नागरिकले सडक सञ्जालबाट बञ्चित हुनु परिरहेको छ । डोल्पा सदरमुकाम दुनैदेखि माथिल्लो डोल्पा जोड्ने दुनै ल्यासिक्याप सडकको काम अलपत्र रहेको र ल्यासीक्या सिशौल ३३ किलोमिटर सड्क कडा चट्टान रहेकोले निर्माणको कार्य थालनी हुन सकेको छैन ।
प्रतिक्रिया राख्नुहोस्