तपाईँ सुन्दै हुनुहुन्छः

रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १४, साउनेमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका १४ साउने पुङमाङका ४८ वर्षीया रामकुमार थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार बिहान घरनजिकको चिउरीको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडेर थापाको मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button