तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा जीप दुर्घटना हुँदा १६ घाइते

सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा चालक सहित १६ जना घाइते भएका छन् । शुक्रबार बेलुका जिल्लाको शारदा नगरपालिका १ श्रीनगरबाट हिवल्चा जाँदै गरेको लु.प्र .०२–००१ ज ००११ नम्बरको जीप सिउनेटा नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।  

घाइते हुनेमा शारदा नगरपालिका ११का १८ वर्षीया दुर्गा नेपाली, वर्ष ७ की एलिसा नेपाली, वर्ष ५१ की लक्ष्मी बुढाथोकी, वर्ष ३५ की टीका घर्ती, वर्ष ३८ की दुर्गा बुढाथोकी, वर्ष ११ का निर्मल घर्ती, वर्ष ४२ की मायादेवी थापा, वर्ष ४० की निर्मला बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताउनुभयो ।

यस्तै वर्ष ३८ की गीता थापा, वर्ष ६८ का बुद्धिमान बुढाथोकी, वर्ष ४ का सुरज राना, वर्ष ७० की डुमा कुमारी राना, वर्ष २० का आशिष राना, वर्ष २९ की कमला बोहरा, वर्ष ८ की कृक्षा रावत, वर्ष ३ की कृष्टी रावत रहेका रहेका छन् । 

घाइते सबैको स्थानीय, यातायात व्यवसायी र प्रहरीको सहयोगमा उद्धार गरी श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बस्नेतका अनुसार दुर्घटनामा घाइते भएका केहीको अवस्था मध्यम र अन्यको सामान्य रहेको छ । जीप उकालोमा अनियन्त्रित भएर सडकमै दुर्घटनामा परेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button