वीरगंजमा लगाइएको निषेधाज्ञा हटाइयो
बीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले भोली बिहान ७ः०० बजेदेखि लागु हुने गरी वीरगंजमा लगाइएको निषेधाज्ञा हटाइएको जनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा आज साँझ जारी सूचनामा जिल्ला सुरक्षा समितिको आज सम्पन्न बैठकको निर्णय अनुरुप वीरगन्ज महानगरपालिकाको बजार क्षेत्रमा लगाइएको निषेधाज्ञा भोली बिहान ७ः०० बजेदेखि लागु हुने गरी पुर्णरुपमा हटाइएको कुरा उल्लेख गरिएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क बमोजिम वीरगन्ज महानगरपालिकाको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सीया पुल, उत्तरतर्फ गण्डक चोक र दक्षिण तर्फ शंकराचार्य गेट भित्र पर्ने क्षेत्रमा निषेधाज्ञा जारी भएको थियो ।
वीरगंजको सुरक्षा सामान्य बनेसँगै निषेधाज्ञा समेत हटाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्