पीडितलाई पाँच वर्षपछि तेस्रो किस्ता
बाजुरा । बाजुरामा बाढी पहिरो र भूकम्प बाट पीडित परिवारलाई करिब ५ वर्षपछि तेस्रो किस्ता रकम उपलब्ध हुनेभएको छ।
बाढीपहिरो तथा भूकम्पबाट प्रभावित भएका नागरिकलाई स्थानीय तहले १० प्रतिशत, प्रदेश सरकारले ३०प्रतिशत र सङ्घीय सरकारले ६० प्रतिशत रकम दिने निर्णय भए बमोजिम तेस्रो किस्ता रकम वितरण गर्न लागिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। २०७७ सालदेखि बाढी पहिरो र भूकम्प बाट पीडित बनेका स्थानीय तेस्रो किस्ता रकम नपाउँदा टिनको टहरामै रात बिताउन बाध्य छन्। पहिलो किस्ता पचास हजार,दोस्रो किस्ता दुई लाख पचास हजार रकम उपलब्ध भए पनि तेस्रो किस्ता रकम पाउन भने करिब ५ बर्ष कुर्नु परेको पीडितको गुनासो छ।

ढिलै भए पनि तेस्रो किस्ता रकम उपलब्ध हुनुभएपछि पीडित परिवार निकै खुशी भएका छन्। चर्केको घरमा मुश्किलले दैनिकी चलाउन बाध्य छौँ । ढिलै भए पनि तेस्रो किस्ता रकम पाइने भयो अबत घर बन्नेमा आशावादी भएका छौँ बडिमालिका नगरपालिका वडा नम्बर(५का भूकम्प पीडित बिप्पन ल्वारले भन्नुभयो ।
बाजुराका ९ ओटै वडाका कुल ५ सय ३८ जना बाढीपहिरो पीडित घरपरिवारका लागि छ करोड १३ लाख सत्तरी हजार तेस्रो किस्ता रकम वितरण हुन लागेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताउनुभयो ।

भूकम्पपीडितको घरबासका लागि नौ वटै पालिकाको खातामा रकम जम्मा भइसकेको छ भने बाढीपहिरोपीडित परिवारलाई वैशाख १० भित्रै सम्बन्धित पीडितको खातामा रकम राखिदिने तयारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्