बाढी पहिरोले पशुचौपाय र भौतिक संरचनामा क्षति
जुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारमा वर्षापछि आएको बाढी पहिरोले पशुचौपाय र भौतिक संरचनामा क्षति पुर्याएको छ ।

बाढी गोठमा पसेपछि अदानचुली गाउँपालिका–३ का आइते बुढाको बाख्राको गोठ भत्किदा २६ बाख्रा मरेका छन् भने श्रीनगरका घर तथा पसलहरूमा समेत क्षति पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताउनु भयो ।
स्थानीयका अनुसार १० भन्दा बढी घर तथा पसलमा क्षति पुगेको छ । यद्यपि क्षतिको एकिन विवरण आउन बाँकी रहेको छ ।
अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले क्षति ठुलो मात्रामा भएको र अहिले प्रहरीले विवरण सङ्कलन गर्ने काम गरिरहेको बताउनुभयो। बाढीले अमृत बुढाको पसल बगाएको छ भने आसपासका ११ पसलमा क्षति पुर्याएको हुम्लाका पत्रकार कालीबहादुर थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्