तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङका एक लाख ३४ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा

बागलुङ । बागलुङ जिल्लामा एक लाख ३४ हजार ६ सय ७३ जनाले स्वास्थ्य बीमाका पहुँचमा पुगेका छन् ।

वि.सं.२०७३  साल असारमा सुरु भएको स्वास्थ्य बीमामा हालसम्म जिल्लाका ५४ दशमलव ०३९ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका हुन् ।

बागलुङमा दुई लाख ४९ हजार २ सय ११ जनसंख्या रहेको अवस्थामा बीमा कार्यक्रम सुरु भएको आठ वर्षमा अपेक्षा अनुसार लक्षित समुदायसम्म पहुँच कम पुगेको देखिएको छ । 

बागलुङको १० वटै पालिकामा कुल ६४ हजार १ सय ५३ परिवार रहेकोमा हालसम्म ४० हजार ९४५ परिवारले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्ड बागलुङका प्रमुख नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

हालसम्म ६७ दशमलव ६३ प्रतिशत घर परिवार स्वास्थ्य बीमाको पहुँचमा रहेको उहाँको भनाइ छ । पौडेलका अनुसार ७१ हजार ८६ महिला र ६३ हजार ५ सय ६७ जना पुरुषले स्वास्थ्य बीमा गरेका छन् । निसीखोला गाउँपालिकामा १७ हजार २ सय १४ जना, ढोरपाटन नगरपालिका १० हजार १ सय ८६ जना, तमानखोला गाउँपालिकामा दुई हजार ३ सय ११ जना, बडिगाड गाउँपालिकामा १२ हजार २ सय ३९ जनाले स्वास्थ्य बिमा गरेको उहाँले बताउनुभयो ।

यसैगरी, गलकोट नगरपालिकामा १५ हजार ५ सय ८४ जना, ताराखोला गाउँपालिकामा दुई हजार ५ सय ७२ जना, काठेखोला गाउँपालिकामा १४ हजार ७ सय ६६ जना, बागलुङ नगरपालिका मा४१ हजार १२ जना, जैमिनी नगरपालिकामा १५ हजार ३ सय २५ जना र बरेङ गाउँपालिकामा तीन हजार ४ सय ६४ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button