तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा चालकको मृत्यु

पाल्पा ।  पाल्पामा स्कुटर  दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  रामपुर नगरपालिका–३ रामपुर ओइरीघाटस्थित भित्री कच्ची सडकमा स्कुटर दुर्घटना हुँदा चालक सोही ठाउँका ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार  लाम्टाङबाट ओइरीघाटतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नंको स्कुटर  अनियन्त्रित भई पल्टिँदा चालक ठाडा घाइते भएका थिए । उनको उपचारका क्रममा रामपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button