सभामुख घिमिरेद्वारा दिवङ्गत सांसद बोहोराप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
बोहराको निधन भएको ११औँ दिन आज स्व बोहोराको निजी निवास बालुवाटारमा पुगेर दिवङ्गत सांसद बोहोराको परिवारसँग भेट गरी सभामुख घिमिरेले समवेदना व्यक्त गर्नुभएको हो ।
दिवङ्गत बोहोरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वरिष्ठ नेता तथा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सदस्य हुनुहुन्थ्यो ।
त्यसैगरी सांसद सूर्य थापाले आज उहाँको निवासमा पुगेर समवेदना व्यक्त गर्नुभएको छ ।
रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित सांसद बोहोराको उपचारको क्रममा यही चैत १९ गते मङ्गलवार निधन भएको हो । पोस्ट–कोभिड समस्याबाट पीडित राप्रपाका संस्थापक नेता बोहोरा पर्यटन राज्यमन्त्री, पर्यटन सहायक मन्त्री, निर्माण तथा यातायात राज्यमन्त्री, निर्माण तथा यातायातमन्त्री, वन तथा भूसंरक्षण मन्त्री, श्रम तथा रोजगार मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बन्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्