प्रधानमन्त्री ओलीले मधेश प्रदेश सभामा भोली सम्बोधन गर्नुहुने
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली मधेस प्रदेशसभामा भोली सम्बोधन गर्नु हुनेछ । सम्बोधनका लागि प्रदेश सभामा तयारी तयारी सुरु अन्तिम चरणमा पुगेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा बैठक सभाहलमा कुर्सी मिलाउने देखी अहिले नयाँ कार्पेट लगाउने काम भइरहेको छ । प्रदेशसभाका प्रवक्ता विपिन ठाकुरले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनु भयो । प्रधानमन्त्रीको स्वागतका लागि ठाउँ ठाउँमा स्वागतद्वारको निर्माण भइरहेको छ ।
प्रधानमन्त्री ओली भोली ११ बजे मधेस प्रदेशसभामा सम्बोधन गर्ने मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभएको हो । यसका लागि प्रदेशसभा बैठक बिहान १० बजेका लागि बोलाइएको र प्रधानमन्त्री ओली आएपछि उहाँले प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नु हुनेछ ।
प्रधानमन्त्री ओली हेलिकप्टरबाट जनकपुर विमानस्थलमा आउने र त्यहाँबाट सोझै प्रदेशसभामा पुगेर सम्बोधन गरेपछि सिरहामा आयोजना हुने आमसभामा जानुहुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री सातै प्रदेशको प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम अनुसार भोली मधेस प्रदेशसभामा सम्बोधन गर्न लाग्नु भएको छ । यस अघि प्रधानमन्त्रीले विभिन्न प्रदेश सभामा सम्बोधन गरिसक्नु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्